प्रभातफेरी अनलाइन२ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ७, आईतबार(५ घण्टा अघि)
नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनलाई विचार, संगठन र नीतिका दृष्टिले परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने अवसरका रूपमा उल्लेख गरेका छन्।
चितवनमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशनका अवसरमा शुभकामना व्यक्त गर्दै थापाले यो महाधिवेशन पार्टीका लागि महत्वपूर्ण ऐतिहासिक अवसर भएको बताएका छन्। उनले भनेका छन्, “यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो।”
थापाले पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय राजनीतिमा उल्लेखनीय जनसमर्थनसहित बलियो उपस्थिति जनाउन सफल भएको भन्दै रास्वपाको प्रशंसा पनि गरेका छन्।
उनका अनुसार सभापति रवि लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको छ। उनले रास्वपाको राजनीतिक यात्रालाई सकारात्मक रूपमा अघि बढ्ने विश्वास पनि व्यक्त गरेका छन्।