प्रभातफेरी अनलाइन२७ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ७, आईतबार(३ घण्टा अघि)
काठमाडौं, प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी हुन आज चितवन पुगेका छन्।
उनी आज बिहान चितवन पुगेका हुन्। महाधिवेशनमा सहभागिताका लागि चितवन आएका शाहसँग उनकी छोरी पनि रहेको बताइएको छ।
रास्वपाको पहिलो महाधिवेशन आजदेखि सुरु हुँदैछ, जसलाई पार्टीको भावी नीति, संगठनात्मक संरचना र राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ।