प्रभातफेरी अनलाइन१ पटक पढिएकोप्रकाशित मिति: २०८३ अषाढ ८, सोमबार(५३ मिनेट अघि)
काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्दसत्र स्थगित गरिएको छ।
प्रतिनिधिहरूको अन्तिम नामावली तयार नभएको लगायत आवश्यक तयारी पूरा हुन नसकेपछि बन्दसत्रका कार्यक्रम स्थगित गरिएको जनाइएको छ। बन्दसत्र सोमबार बिहान साढे ८ बजे सुरु हुने कार्यतालिका थियो।
बन्दसत्र स्थगित भएपछि पार्टीका शीर्ष नेताहरू होटलतर्फ फर्किएका छन् भने केही प्रतिनिधिहरू सभा हलमै बसेर आराम, नाचगान तथा मोबाइल प्रयोग गर्दै समय बिताइरहेका छन्।
रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्र आइतबार भरतपुरस्थित गेष्टहाउस चौरमा सम्पन्न भएको थियो।