logo
२०८३ अषाढ ८, सोमबार |
📰
🔍

अत्यधिक गर्मीका कारण लमहीका विद्यालयमा चार दिन बिदा

प्रभातफेरी अनलाइन३ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ८, सोमबार(४८ मिनेट अघि)
अत्यधिक गर्मीका कारण लमहीका विद्यालयमा चार दिन बिदा

काठमाडौं, दाङको लमही नगरपालिकाले अत्यधिक गर्मी बढेपछि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन गर्मी बिदा दिने निर्णय गरेको छ।

नगर शिक्षा समितिको निर्णयअनुसार असार ९ गतेदेखि १२ गतेसम्म विद्यालयहरू बन्द रहनेछन्। उच्च तापक्रम र बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाको शिक्षा शाखाद्वारा जारी सूचनामा उक्त बिदा वार्षिक बिदाबाट कट्टा हुने गरी प्रदान गरिएको उल्लेख गरिएको छ। विद्यालयहरू पुनः निर्धारित समयअनुसार सञ्चालन हुने जनाइएको छ।