logo
२०८३ अषाढ १९, शुक्रबार |
📰
🔍

संघीय मामिला मन्त्रालयमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई

प्रभातफेरी अनलाइन१९ पटक पढिएको प्रकाशित मिति: ५ घण्टा अघि (५ घण्टा अघि)
संघीय मामिला मन्त्रालयमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई

काठमाडौं, निजामती कर्मचारीलाई सहज, छिटो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ।

आजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनको तल्लो तलाबाट सेवा प्रवाह सुरु गरिएको हो। मन्त्रालयका अनुसार कर्मचारीहरूले सामान्य स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्दै कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित सेवा इकाई सञ्चालनमा ल्याइएको हो।

निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मन्त्रालय परिसरमै स्वास्थ्य सेवा इकाई स्थापना गरिएको जनाइएको छ।

यस सेवा इकाइमार्फत निजामती कर्मचारी तथा सेवाग्राहीले स्वास्थ्य परीक्षण, रगत परीक्षणलगायत आधारभूत स्वास्थ्य सेवाहरू प्राप्त गर्न सक्नेछन्।