logo
२०८३ अषाढ २१, आईतबार |
📰
🔍

दाङमा धान रोपाइँका क्रममा चट्याङ लाग्दा एक महिलाको मृत्यु, दुई जना घाइते

प्रभातफेरी अनलाइन२३ पटक पढिएको प्रकाशित मिति: १० मिनेट अघि (१० मिनेट अघि)
दाङमा धान रोपाइँका क्रममा चट्याङ लाग्दा एक महिलाको मृत्यु, दुई जना घाइते

काठमाडौँ, दाङमा धान रोपाइँ गरिरहेका बेला चट्याङ लाग्दा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका–२ निवासी २६ वर्षीया दिपा थापाको चट्याङ लागेर मृत्यु भएको हो।

घटना घोराही–९ मछाहीमा शनिबार बेलुका धान रोपाइँ भइरहेको क्रममा एक्कासि चट्याङ पर्दा भएको प्रहरीले जनाएको छ।

चट्याङ लागेर घोराही–२ मर्फेस निवासी २९ वर्षीया कमला थापा र ३४ वर्षीय सन्दीप विक घाइते भएका छन्। उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।