logo
२०८३ अषाढ २३, मंगलबार |
📰
🔍

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

प्रभातफेरी अनलाइन१६ पटक पढिएको प्रकाशित मिति: ३८ मिनेट अघि (३८ मिनेट अघि)
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ , राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा प्रकाशन गरेको बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले जानकारी दिए।

यस वर्षको एसईई पूरक परीक्षा असार १ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिएको थियो। बोर्डका अनुसार नियमित एसईई परीक्षामा एक लाख ४६ हजार ५०७ जना विद्यार्थी नन–ग्रेडिङमा परेका थिए, जसका लागि पूरक परीक्षा सञ्चालन गरिएको थियो।