प्रभातफेरी अनलाइन२५ पटक पढिएको प्रकाशित मिति: १३ घण्टा अघि (१३ घण्टा अघि)
काठमाडौँ , काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गरेको आरोपमा दुई हजार ७६ जना सवारीचालक ट्राफिक कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ६८ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १२९ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १२६ जना तथा तीव्र गतिमा सवारी चलाउने १८९ जनामाथि कारबाही गरिएको हो।
त्यस्तै, लेन अनुशासन पालना नगर्ने १३९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १२४ जना, फुटपाथमा सवारी पार्किङ गर्ने ८५ जना, एकतर्फी सडकमा सवारी चलाउने ५९ जना तथा अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार १५७ जना पनि कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले जनाएको अनुसार उक्त कारबाहीबाट जरिवानाबापत राज्यकोषमा १९ लाख ७१ हजार ५०९ रुपैयाँ राजस्व सङ्कलन भएको छ।