प्रभातफेरी अनलाइन३० पटक पढिएको प्रकाशित मिति: ६ घण्टा अघि (६ घण्टा अघि)
काठमाडौँ , नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधबार म्याद थप गर्ने आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धान आवश्यक रहेको भन्दै पौडेललाई बिहीबार विशेष अदालतमा उपस्थित गराएर म्याद थपको माग गरेको थियो।