logo
२०८३ अषाढ २४, बुधबार |
📰
🔍

घुस लिँदै पक्राउ परे सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख रामकेवल राय यादव

प्रभातफेरी अनलाइन१४ पटक पढिएको प्रकाशित मिति: १० घण्टा अघि (१० घण्टा अघि)
घुस लिँदै पक्राउ परे सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख रामकेवल राय यादव

काठमाडौँ , सिरहा स्थित सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख रामकेवल राय यादव घुस लिएको आरोपमा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादवलाई सेवाग्राहीसँग नगद १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

विशेष सूचना तथा उजुरीका आधारमा अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ। आयोगका अनुसार सिरहाको एक उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भए/नभएको रुजु गरी आवश्यक कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा यादवले सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेको थियो।

पक्राउका क्रममा यादवको साथबाट स्रोत नखुलेको १ लाख ३३ हजार १२० रुपैयाँ पनि बरामद भएको आयोगले जनाएको छ। उनलाई आज कर्जन्हा नगरपालिका–४, मिर्चौयाबाट बन्दीपुरतर्फ जाँदै गर्दा नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।