logo
२०८३ श्रावण ५, मंगलबार |
📰
🔍

अण्डाको समर्थन बिक्री मूल्य घट्यो

प्रभातफेरी अनलाइन१३ पटक पढिएको प्रकाशित मिति: ६ घण्टा अघि (६ घण्टा अघि)
अण्डाको समर्थन बिक्री मूल्य घट्यो

काठमाडौं, नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ। चितवनमा बसेको संघको बैठकले साउन ६ गतेदेखि लागू हुने गरी नयाँ दररेट तय गरेको हो।

संघका अनुसार देशभरका अण्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसका आधारमा नयाँ मूल्य निर्धारण गरिएको हो। यसअघि गत जेठ २८ गते तोकिएको मूल्यको तुलनामा फार्म मूल्यमा प्रति क्रेट ६० रुपैयाँसम्म कमी गरिएको छ।

नयाँ दरअनुसार सबैभन्दा ठूलो (एक्सएल) साइजको अण्डाको फार्म मूल्य प्रति क्रेट ५१५ रुपैयाँ कायम गरिएको छ, जुन यसअघि ५७५ रुपैयाँ थियो। ठूलो (लार्ज) अण्डाको मूल्य ५६० रुपैयाँबाट घटाएर ५०० रुपैयाँ र मिडियम अण्डाको मूल्य ५३० रुपैयाँबाट घटाएर ४७० रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, सानो अण्डाको मूल्य पनि प्रति पेटी ३०० रुपैयाँ घटाएर २ हजार ९०० रुपैयाँ कायम गरिएको छ। यसअघि यसको मूल्य ३ हजार २०० रुपैयाँ रहेको थियो।

संघले चितवनलाई आधार मानी नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरिएको जनाएको छ।