प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ श्रावण १२, मंगलबार
काठमाडौं, जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर डिजे बजाउन निषेध गरेको छ।
मंगलबार जारी सूचना अनुसार मेला, महोत्सव, विवाह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायत कुनै पनि कार्यक्रममा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोग गर्न पाइने छैन ।
प्रशासनले सूचनाको उल्लङ्घन गरी डिजे प्रयोग गरेको वा गराएको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने जनाएकाे छ ।
