logo
२०८३ श्रावण १२, मंगलबार |
📰
🔍

मानव बेचबिखनविरुद्ध व्यापक जनचेतना आवश्यक : हरिवंश आचार्य

प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ श्रावण १२, मंगलबार
मानव बेचबिखनविरुद्ध व्यापक जनचेतना आवश्यक : हरिवंश आचार्य

काठमाडौं, हरिवंश आचार्यले मानव बेचबिखनको स्वरूप समयसँगै परिवर्तन हुँदै गएको भन्दै यसको नियन्त्रणका लागि व्यापक जनचेतना र राजनीतिक सुशासन आवश्यक रहेको बताएका छन् ।

विश्व मानव बेचबिखनविरुद्धको दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रविधिको विकाससँगै मोबाइल फोन र सामाजिक सञ्जालको दुरुपयोगले मानव तस्करहरूलाई थप सहज बनाएको र सर्वसाधारणलाई प्रलोभनमा पार्न सजिलो भएको बताए ।

उनले ‘रातु’, ‘छोरी’ र ‘टीकेको तीन मन्तर’ जस्ता टेलिचलचित्र तथा गीतमार्फत आफूहरू लामो समयदेखि मानव बेचबिखनविरुद्ध सचेतना फैलाउँदै आएको स्मरण गराउँदै अहिले यो समस्या चेलीबेटी बेचबिखनमा मात्र सीमित नरही युवा र बालबालिकासमेत विभिन्न प्रलोभनमा पारिने अवस्थासम्म पुगेको उल्लेख गरे।

आचार्यले राजनीतिक अस्थिरता, बेरोजगारी र विदेश जाने बढ्दो मोहको फाइदा उठाउँदै तस्करहरूले झुटा सपना बाँड्ने प्रवृत्ति बढेकाले अब मानव बेचबिखनविरुद्धको सचेतना अभियानलाई अझ व्यापक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।