प्रभातफेरी अनलाइन१६ पटक पढिएको | २०८३ श्रावण १४, बिहिबार
काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसअनुसार प्रमुख निर्वाचन आयुक्तसहित दुई निर्वाचन आयुक्त नियुक्त गरेका छन्।
राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २४५(२) बमोजिम मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त नियुक्त गरिएको छ।
त्यसैगरी, ओखलढुङ्गाका गुरुप्रसाद वाग्ले र काठमाडौंका डा. राजीव सुव्बालाई निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।