logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

‘सरकार क्याप्टेनविहीन जस्तो देखिएको छ’ : विप्लव

प्रभातफेरी अनलाइन३२ पटक पढिएको | २०८३ श्रावण २०, बुधबार
‘सरकार क्याप्टेनविहीन जस्तो देखिएको छ’ : विप्लव

काठमाडाैं /  नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान सरकार नेतृत्वविहीन अर्थात् ‘क्याप्टेनविहीन’ जस्तो देखिएको टिप्पणी गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकार कसले सञ्चालन गरिरहेको हो भन्ने विषयमै जनतामा अन्योल सिर्जना भएको दाबी गरे।

उनले भने, “सरकारको हालत क्याप्टेनविहीन जस्तो देखिएको छ। सरकारको क्याप्टेन नै छैन कि क्या हो ? सरकार कसले चलाएको छ भन्नेमा जनतालाई अन्योल पर्न थालेको छ। यसको केन्द्र कहाँ छ र कसले चलाइरहेको छ भन्ने गम्भीर प्रश्न उठेको छ।”

विप्लवले नेपालका सैद्धान्तिक र वैचारिक रूपमा प्रशिक्षित राजनीतिक दलहरू कमजोर बन्दै जाँदा देशको राजनीति अराजकता र असन्तुष्टितर्फ धकेलिएको पनि बताए। देशको जिम्मेवारी लिन सक्ने नयाँ राजनीतिक सोच आवश्यक रहेको उनको भनाइ थियो।