logo
२०८३ श्रावण ३०, शनिबार |
📰
🔍

धनुषामा ६५ ग्राम खैरो हिरोइनसहित एक युवक पक्राउ

प्रभातफेरी अनलाइन४ पटक पढिएको | २९ मिनेट अघि
धनुषामा ६५ ग्राम खैरो हिरोइनसहित एक युवक पक्राउ

धनुषा / धनुषा प्रहरीले करिब ६५ ग्राम खैरो हिरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार औरही गाउँपालिका–५ स्थित डिप बोरिङभित्र बसिरहेको अवस्थामा विदेह नगरपालिका–८ का २८ वर्षीय उमेश मण्डललाई शुक्रबार पक्राउ गरिएको हो।

उनको साथबाट करिब ६५ ग्राम खैरो हिरोइन र लागुऔषध नापतौल गर्ने डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।