logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

एमालेले किरण थापालाई बागमतीको मुख्यमन्त्री बनाउने

प्रभातफेरी अनलाइन२९ पटक पढिएको | २०८३ भाद्र २, मंगलबार
एमालेले किरण थापालाई बागमतीको मुख्यमन्त्री बनाउने

काठमाडौँ / नेकपा (एमाले)ले प्रदेश सभा सदस्य किरण थापालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ।

मंगलबार बसेको एमाले संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। बैठकले संसदीय दलका नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णयसमेत गरेको छ।

एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच नयाँ सत्ता समीकरणको सहमति भएसँगै प्रदेश सरकारको भागबण्डामा बागमती प्रदेशको नेतृत्व एमालेको भागमा परेको हो।

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा कांग्रेसका ३६, नेकपाका २६ र एमालेका २५ सांसद छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।