logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित

प्रभातफेरी अनलाइन३८ पटक पढिएको | २०८३ भाद्र २, मंगलबार
प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौँ / प्रतिनिधि सभाको बैठक आगामी बुधबार (भदौ ३) सम्मका लागि स्थगित भएको छ।

मंगलबार बसेको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर, वार्षिक प्रतिवेदन पेस तथा विधेयकमाथिको छलफलपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन्। प्रतिनिधि सभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ।

आजको बैठकमा चार मन्त्रालयका मन्त्रीहरूले सांसदहरूले सोधेका मौखिक प्रश्नको जवाफ दिएका थिए। परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क पौडेल र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिएका हुन्।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार) पेस गरेकी थिइन्।

त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले प्रस्तुत गरेको ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको छ।