logo
२०८३ भाद्र ९, मंगलबार |
📰
🔍

जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार सम्पन्न

प्रभातफेरी अनलाइन२३ पटक पढिएको | २०८३ भाद्र २, मंगलबार
जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार सम्पन्न

काठमाडौँ / नेपाल भाषाका प्रतिष्ठित साहित्यकार एवं जनकवि दुर्गालाल श्रेष्ठको मंगलबार अन्तिम संस्कार गरिएको छ।

९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित निजी निवासमा निधन भएका श्रेष्ठको काठमाडौँस्थित शोभा भगवती घाटमा अन्त्येष्टि गरिएको हो।

श्रेष्ठको अन्तिम बिदाइका क्रममा निकालिएको शवयात्रामा राजनीतिक दलका नेता, मन्त्री तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोललगायत उच्च पदस्थ व्यक्तिहरू शोभा भगवती पुगेका थिए।