logo
२०८३ भाद्र ३, बुधबार |
📰
🔍

बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

प्रभातफेरी अनलाइन२२ पटक पढिएको | २०८३ भाद्र ३, बुधबार
बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

काठमाडौं / बागमती प्रदेश सरकार गठनका लागि नेकपा एमालेका किरण थापामगरले दाबी पेस गरेका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि ६३ सांसदको समर्थनसहित थापाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेस गरेका हुन्।

थापालाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ गरी ६३ सांसदको समर्थन रहेको छ। उनको दाबी पेसका क्रममा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा नेता उद्धव थापा र नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समर्थन पत्रमा हस्ताक्षर गरेका छन्।