प्रभातफेरी अनलाइन३ पटक पढिएको | २९ मिनेट अघि
काठमाडौँ / नेपाल रेडक्रस सोसाइटीले सातवटै प्रदेश समिति र १५ जिल्ला समितिसँग स्पष्टीकरण मागेको छ । नेरेसोका केन्द्रीय महामन्त्री ऋषि खनालले पत्र पठाउँदै विधानअनुसार सदस्यता वितरण तथा नवीकरण, अनुगमन तथा मूल्यांकन र केन्द्रका निर्णय कार्यान्वयनलगायतका काम नगरेको भन्दै स्पष्टीकरण मागेका हुन् ।
स्पष्टीकरण सोधिएका जिल्ला समितिमा सुनसरी, रौतहट, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, कपिलवस्तु, भोजपुर, सप्तरी, संखुवासभा, रसुवा, बारा, स्याङ्जा, काभ्रेपलाञ्चोक, तनहुँ र पर्सा रहेका छन् ।
नेपाल रेडक्रस सोसाइटीका अनुसार स्पष्टीकरण सोधिएका प्रदेश तथा जिल्ला समितिहरूले रेडक्रसका आधारभूत सिद्धान्तसमेत उल्लंघन गरेका छन् ।