प्रभातफेरी अनलाइन५ पटक पढिएको | ४६ मिनेट अघि
काठमाडौँ / रास्वपा सभापति रवि लामिछानेले सरकारका मन्त्रीहरू फेरबदल गर्ने विषयमा कुनै छलफल वा तयारी नभएको स्पष्ट पारेका छन् ।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मन्त्रीहरूले गरेका काममध्ये केही विषयमा प्रश्न उठ्नु स्वाभाविक भएको बताए । उनका अनुसार कुनै मन्त्रीले सयवटा काम गरेको अवस्थामा एक–दुई वा पाँचवटा काममा प्रश्न उठ्न सक्ने भएकाले त्यसलाई पार्टीले अस्वाभाविक रूपमा नलिने स्पष्ट पारे ।
मन्त्रीहरू फेरबदल गर्न लागिएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले भने, ‘विल्कुल छैन । कुनै पनि मन्त्रालय, मन्त्रीहरूले सय वटा काम गर्नुभएको छ भने एक दुई पाँच काममा प्रश्न आउनु स्वभाविक हो । त्यसलाई पार्टीले अस्वभाविक लिँदैन ।’