प्रभातफेरी अनलाइन२ पटक पढिएको | २०८३ भाद्र १०, बुधबार
काठमाडौँ । रसुवामा आएको बाढीका कारण ३८४ जना आन्तरिक तथा विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्।
नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा २९१ विदेशी र ९३ नेपाली नागरिक छन्। ट्राभल एजेन्सी, गाइड, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी बोर्डले उक्त विवरण सार्वजनिक गरेको हो।
सम्पर्कविहीन विदेशी पर्यटकमा भारतका १०५, बेलायतका १२, मलेसियाका १७, दक्षिण अफ्रिकाका ४ र अमेरिकाका ३ जना छन्। अस्ट्रेलिया र नेदरल्यान्ड्सका एक–एक जना रहेका छन्।