प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ भाद्र १७, बुधबार
काभ्रे | मण्डनदेउपुर नगरपालिकाले नगरभित्रका विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरेका प्रतिभाहरूलाई सम्मान गर्नुका साथै उमेर हदका कारण सेवा निवृत्त भएका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानजनक बिदाइ गरेको छ ।नगरपालिकाको आयोजनामा मंगलबार सम्पन्न कार्यक्रममा डकुमेन्ट्री फिल्म निर्माता अनुप पौडेलको टिमले निर्माण गरेको ‘तिनीहरू’ (The Elephants in the Fog) ले सन् २०२६ मा प्राप्त गरेको अन्तर्राष्ट्रिय जुरी पुरस्कारका लागि निर्माता पौडेललाई सम्मान गरिएको थियो । याे नेपाली चलचित्र क्षेत्रमा जुरी पुरस्कार प्राप्त गर्ने पहिलो चलचित्र भएको जनाइएको छ ।
त्यसैगरी विभिन्न खेल विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक हासिल गरेका नगरका खेलाडीहरूलाई समेत सम्मान गरिएको छ । विश्व कम्पो च्याम्पियनसिपमा २ रजत र २ कास्य पदक विजेता अञ्जना शाही, TVS एयर रेस च्याम्पियनसिप २०२६ का स्वर्णपदक विजेता दिलीप दनुवार, प्रथम दक्षिण एसियाली खेलकुद २०२३ का रजत पदक विजेता श्रीजल श्रेष्ठ, सुटिङ खेलको एयर राइफल विधामा कास्य पदक विजेता सुस्मिता नेपाल, राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत बक्सिङ ८६ केजी तौल समूहका स्वर्णपदक विजेता तथा एसियाली खेलकुदमा सहभागी रविन नेपाललगायतलाई सम्मान गरिएको हो ।
मूल्याङ्कन गरेकोमा नगरपालिका परिवारप्रति आभार तथा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता नगर प्रमुख टोकबहादुर वाइवाले गर्नुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख विष्णुमणि नेपाल, प्रमुख प्रशासकीय अधिकृत अमृत धिताल, विभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्यकर्मी, फिल्म निर्माता, खेलाडी तथा नगरपालिकाका कर्मचारीहरूको उपस्थिति थियो । कार्यक्रममा सामाजिक समितिका संयोजक एवं वडा नं. ८ का वडाध्यक्ष निरञ्जन विष्टले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नगर प्रवक्ता पुरुषोत्तम बजगाईंले गर्नुभएको थियो ।