logo
२०८३ भाद्र १७, बुधबार |
📰
🔍

अस्पतालको भ्यानमा ६० किलो गाँजा बरामद

प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ भाद्र १७, बुधबार
अस्पतालको भ्यानमा ६० किलो गाँजा बरामद

विराटनगर / विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा लुकाएर राखिएको ६० किलो गाँजा बरामद गरेको छ।

विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकमा मंगलबार राति सशस्त्र प्रहरी बल नेपाल बीओपी दरैयाबाट खटिएको टोलीले ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यान रोकेर जाँच गर्न खोजेको थियो।

सुरक्षाकर्मीले चेकजाँच गर्न खोजेपछि चालक भ्यान छाडेर फरार भएका थिए। त्यसपछि भ्यान खानतलासी गर्दा दुईवटा बोरामा प्याक गरिएको अवस्थामा करिब ६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।