logo
२०८३ भाद्र १८, बिहिबार |
📰
🔍

तास्मानियाविरुद्ध नेपाल ‘ए’ दुई विकेटले पराजित

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ भाद्र १७, बुधबार
तास्मानियाविरुद्ध नेपाल ‘ए’ दुई विकेटले पराजित

काठमाडाैं / तास्मानियाविरुद्धको पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ दुई विकेटले पराजित भएको छ।

नेपालले दिएको १९३ रनको लक्ष्य तास्मानियाले ४९.२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ४३.३ ओभरमा १९२ रनमै अलआउट भएको थियो। नेपालका लागि त्रितराज दासले सर्वाधिक ३७ रन बनाए। उनले ६३ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

सामान्य लक्ष्य रक्षा गर्ने क्रममा नेपालका बलरहरूले सुरुवातमा दबाब बनाए पनि तास्मानियाले संयमित ब्याटिङ गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो।