प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ भाद्र १७, बुधबार
काठमाडौं / राष्ट्रिय खेलकुद परिषद् (राखेप) र बूढानीलकण्ठ नगरपालिकाबीच वडा नम्बर ४, पासीकोटमा फुटबल रंगशाला निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ।
सम्झौतापत्रमा राखेपका सदस्य–सचिव रामचरित्र मेहता, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र वडा नम्बर ४ का अध्यक्ष श्रीराम केसीले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बूढानीलकण्ठलाई खेलकुदमैत्री नगरपालिका बनाउने उद्देश्यले विभिन्न खेलका पूर्वाधार निर्माण, खेलकुद गतिविधिमा आपसी सहकार्य तथा प्रशासनिक र प्राविधिक विषयमा आवश्यक सहयोग र समन्वय गरिनेछ।