logo
२०८३ भाद्र १८, बिहिबार |
📰
🔍

रामेछापमा झाडीबाट भरुवा बन्दुक बरामद

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ भाद्र १७, बुधबार
रामेछापमा झाडीबाट भरुवा बन्दुक बरामद

रामेछाप / रामेछापमा प्रहरीले एक थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ।

प्रहरीका अनुसार उमाकुण्ड गाउँपालिका–५, पानीघाटस्थित झाडीमा लुकाइराखिएको अवस्थामा इलाका प्रहरी कार्यालय उमाकुण्डबाट खटिएको टोलीले आज दिउँसो बन्दुक फेला पारी बरामद गरेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।