प्रभातफेरी अनलाइन४ पटक पढिएको | १ घण्टा अघि
काठमाडौँ / अष्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोली न्युजिल्यान्ड ‘ए’सँग अन्तिम एकदिवसीय खेलमा दुई विकेटले पराजित भएको छ। योसँगै नेपालले एकदिवसीय श्रृङ्खलामा लगातार तेस्रो हार व्यहोरेको छ।
डार्विनस्थित मरारा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित ५० ओभरमा २११ रन बनाएको थियो। नेपालका लागि पवन सर्राफले सर्वाधिक ५९ रन बनाए भने लोकेश बमले ४७ रन जोडे। कप्तान अनिलकुमार साहले २४, मयन यादवले २० र विपिन खत्रीले १२ रन बनाए।
न्युजिल्यान्ड ‘ए’का म्याथ्यू फिसरले चार विकेट लिए। २१२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ‘ए’ले ४९.५ ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। उसका राइस मारिउले १३७ रनको शानदार शतकीय पारी खेले।