प्रभातफेरी अनलाइन४ पटक पढिएको | १ घण्टा अघि
काठमाडौँ / सेयर बजारमा आज उत्साह देखिएको छ। नेप्से परिसूचक २७.९४ अंक अर्थात् १.१० प्रतिशतले बढेर २,५५९ अंकमा पुगेको छ।
नेप्सेसँगै कारोबार रकमसमेत बढेको छ। अघिल्लो दिन ३ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आज २३७ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको घटेको र ९ कम्पनीको मूल्य स्थिर रहेको छ। सबै समूहगत सूचक सकारात्मक देखिएका छन्।
उपकार लघुवित्तको सेयर मूल्य सर्वाधिक १०.५३ प्रतिशतले बढेको छ। त्यस्तै अभियान लघुवित्त १०.०९, सिन्धु विकास बैंक ९.५४, सर्वोत्तम पेन्ट्स ८.०४ र राप्ती हाइड्रो ६.१८ प्रतिशतले बढेका छन्।
यता मल्टिपर्पस फाइनान्सको ५.७१, इमर्जिङ नेपाल ४.२१ तथा ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य ४ प्रतिशतले घटेको छ।