प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ भाद्र २७, शनिबार
काठमाडौ / वाइसिएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले गृहमन्त्री सुधन गुरुङको पछिल्लो विवादित अभिव्यक्ति तथा जेनजी आन्दोलनका सहिदहरूको सालिक उद्घाटन कार्यक्रम रद्द भएको घटनालाई लिएर तीव्र असन्तुष्टि जनाउदै गम्भीर आपत्ति जनाएका छन् । इन्चार्ज सापकोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत स्मारक निर्माण र उद्घाटन प्रक्रियामाथि प्रश्न उठाउँदै राजनीतिक नेतृत्वप्रति कटाक्ष गरेका हुन् ।
उहाँले लेखेका छन्, ‘जेन्जी आन्दोलनका सहिदहरूको सालिक कस्तो बन्यो? रूपको आकृति आयो कि आएन भनेर समेत चेकजाँच नगरी स्मारक उद्घाटनमा पुग्ने टोलेहरूले जेन्जी सहिदका सपना पूरा गर्छन् भनेर सोच्नुहुन्छ? अझ राजनीति सिकाउने रे !’
सापकोटाको टिप्पणी गृहमन्त्री गुरुङको पछिल्लो अभिव्यक्ति र जेन्जी आन्दोलनका सहिदहरूको सालिक उद्घाटन कार्यक्रम अन्तिम समयमा रद्द भएको घटनाप्रति लक्षित गर्दै असन्तुष्टि सार्वजनिक भएका हुन् । यस किसिमको अपरिपक्व प्रस्तुतिले मुलुककै मानमर्दनमा आच आउने त होइन भन्ने चर्चाको बिषय यति बेला बनेको छ ।