logo
२०८३ भाद्र २८, आईतबार |
📰
🔍

प्रचण्ड सरकारबाट बाहिरिएर कांग्रेससँग सहकार्य एमालेको गम्भीर भूल: ज्ञवाली

प्रभातफेरी अनलाइन६ पटक पढिएको | २०८३ भाद्र २८, आईतबार
प्रचण्ड सरकारबाट बाहिरिएर कांग्रेससँग सहकार्य एमालेको गम्भीर भूल: ज्ञवालीMinister for Foreign Affairs Pradeep Kumar Gyawali speaks at a meeting of the National Assembly’s National Concern and Coordination Committee to discuss the Millennium Challenge Corporation Compact Programme, in Singha Durbar, Kathmandu, on Thursday, December 26, 2019. Photo: RSS

काठमाडौं/ नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिँदै गएका कारण एमाले पार्टी कमजोर बनेको बताएका छन्। मधेस प्रदेश कमिटीले आयोजना गरेको ‘मिसन जागरण’ अभियानको अभिमुखीकरण कार्यक्रममा बोल्दै ज्ञवालीले २०७९ देखि २०८२ सम्म एमालेले चार पटक सत्ता समीकरण परिवर्तन गरेको उल्लेख गरेका हुन् ।

उनले सुरुमा प्रचण्डलाई प्रधानमन्त्री बनाएर केही महिनामै सरकार छाडेको र पुनः प्रचण्डकै नेतृत्वमा सरकारमा सहभागी भएको भन्दै त्यसको कारण जनतालाई स्पष्ट पार्न नसकेको बताएका हुन् । ज्ञवालीले प्रचण्ड नेतृत्वको सरकारबाट हठात् बाहिरिएर कांग्रेससँग सहकार्य गर्नुले जनतामा निकै नकारात्मक सन्देश गएको बताएका छन् ।