प्रभातफेरी अनलाइन४ पटक पढिएको | २०८३ भाद्र २८, आईतबार
पनौती/ धनेश्वर मन्दिरमा हरेक पटक जाँदा केही न केहि नयाँ अभिलेख भेट्छुभन्नू हुन्छ खोजकर्ता Vishan Madhikarmi Shrestha । शुरूवात खड्ग कुँदिएकाे ढुंगा र हनुमान अभिलेख भेंटे जुन सबै भन्दा पुरानाे थियाे पछि फेरि डमरूमा अभिलेख भेटे त्याे भनदा पनि पुरानाे र हाल फेरि एउटा अभिलेख भेटे त्याे डमरू भन्दा पनि पुरानाे । जुन ती चढाएका त्रिसुलहरू बाढ्ने थाममा रहेकाे छ । जुन अभिलेख मेटिने अवस्थामा छ भने त्रिसुलहरूले छेकिएकाे छ । जुन अभिले नेपाल संवत् ९५७ अर्थात १८९ बर्ष पुरानाे रहेकाे छ भने आज सम्म भेटिएकाे अभिलेख अनुसार याे नै सबैभन्दा पुरानाे देखिन्छ । आफुले अध्यनका क्रममा भेटेका धनेश्वरका केही अभिलेखहरू सार्वजनिक संजालमार्फत सार्वजनिक गर्नु भएको छ ।
१)त्रिशूल बाँडेको थाम नेपाल संवत् ९५७
२)त्रिसुलमा रहेकाे डमरू नेपाल संवत् ९७३
३)हनुमान र हनुमान सतम्भ वि.सं. १९३०
४)खढ्ग कुदिएकाे ढुंगा वि.सं. १९३०
५)मन्दिर जिर्ण भई मर्मत पुनर्निर्माण गरेकाे वि.सं. १९७३
६)मन्दिरमा ताेरण चढाएकाे वि.सं.१९८२
७)मन्दिरमा गजुर चढाएकाे वि.सं. १९८८
८)मन्दिरमा टाएल राखेकाे वि.सं. १९८९
९)मन्दिरकाे दायाँ बायाँ पित्तलकाे नागकन्या चढाएकाे वि.सं. १९९०
१०)महा रुद्रि गरेकाे वि.सं. १९९२
अझै धेरै अभिलेखहरू भेटिन्छन् भने चढाएकाे त्रिसुलहरूमा पनि धेरै रहेकाे छ जुन सबै झिकेरै अध्ययन गरिनुपर्छ पछि केही थप भए फेरि थप्दै जाने छाैं । ईतिहास बुझ्ने र बुझाउने प्रयास रहेको खोजकर्ताले बताएका छन् ।