logo
२०८३ आश्विन २, शुक्रबार |
📰
🔍

नेपाल प्रहरीमा ३३४ जनाका लागि भर्ना खुल्यो, असईमा २११ पद

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ आश्विन २, शुक्रबार
नेपाल प्रहरीमा ३३४ जनाका लागि भर्ना खुल्यो, असईमा २११ पद

काठमाडौँ / नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा गरी ३३४ जनाका लागि भर्ना खुलाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानव स्रोत विकास विभागको वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै खुला प्रतियोगितामार्फत योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

सूचनाअनुसार प्रहरी सहायक निरीक्षक (जनपद) पदमा २११ जना माग गरिएको छ। प्रहरी कार्यालय सहयोगीतर्फ भान्छे ८३, हजाम १५ र कुचीकार २५ जना माग गरिएको छ।

इच्छुक उम्मेदवारले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।