प्रभातफेरी अनलाइन१७ पटक पढिएको | १ घण्टा अघि
काठमाडौँ / रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहँदा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका विभिन्न खातामा गरी १५ अर्ब रुपैयाँभन्दा बढी मौज्दात रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विभिन्न नौ वाणिज्य बैंकमा रहेको कोषको खातामा रु ११ अर्ब २७ करोड २ लाख ६० हजार ६८५ तथा हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकका डलर खातामा २ करोड ४८ लाख ४ हजार ७०२ अमेरिकी डलर मौज्दात छ।
सबै खातामा गरी कुल रु १५ अर्ब ६ करोड ५६ लाख २८ हजार १६७ मौज्दात रहेको कार्यालयले जनाएको छ। यसमध्ये सरकारले यसअघि नै बाढी प्रभावित क्षेत्रका लागि रु १ अर्ब निकासा गरिसकेको छ।