logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

संसदमा रसुवा बाढी उद्धारदेखि न्यायपालिका पुनःसंरचना र हवाई सुरक्षासम्मका विषय उठे

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | १ घण्टा अघि
संसदमा रसुवा बाढी उद्धारदेखि न्यायपालिका पुनःसंरचना र हवाई सुरक्षासम्मका विषय उठे

काठमाडौँ । प्रतिनिधिसभाको विशेष समयमा सांसदहरूले रसुवाको भोटेकोशी बाढीमा उद्धार कार्य, न्यायपालिकाको पुनःसंरचना तथा हवाई सुरक्षालगायतका विषय उठाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भोटेकोशी बाढीमा परेका नागरिकको उद्धारलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए। उनले सुरुङभित्र फसेका व्यक्तिको समयमै उद्धार हुन नसक्दा जीवित उद्धार गर्न सकिने सम्भावना गुमेको र पछि शव मात्रै निकाल्नुपरेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणी न्यौपानेले न्यायालयलाई समयसापेक्ष र विधिसम्मत बनाउनुपर्नेमा जोड दिए। उनले न्यायपालिकाको पुनःसंरचना आवश्यक रहेको उल्लेख गर्दै न्यायाधीशहरूको सम्पत्ति छानबिन गर्न माग गरे।

नेपाली कांग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले हवाई सुरक्षामा कुनै पनि सम्झौता गर्न नहुने बताए। उनले नेपाल वायुसेवा निगमलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।