logo
२०८३ कार्तिक ७, शुक्रबार |
☰
📰
🔍
✕

पहिरो खस्दा अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध

प्रभातफेरी अनलाइन४३ पटक पढिएको | २०८३ आश्विन ११, आईतबार
पहिरो खस्दा अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध

काभ्रे / काभ्रेको धुलिखेल नगरपालिका–८ जिपलाइनस्थित अरनिको राजमार्गमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

आइतबार बिहान ८ः५५ बजे सडक माथिबाट ढुंगा–माटोसहितको पहिरो खसेपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको हो। पहिरोका कारण सडकको दुवैतर्फ सवारीसाधन रोकिएका छन्।

निरन्तर वर्षाका कारण पहिरो खसेको जनाइएको छ। सडक खुलाउन सम्बन्धित निकायले आवश्यक पहल तथा व्यवस्थापनको काम अघि बढाइरहेको छ। यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।