प्रभातफेरी अनलाइन३५ पटक पढिएको | २०८३ आश्विन १३, मंगलबार
नुवाकोट / भोटेकोशी नदीको बाढीले घरबार गुमाएका नुवाकोटका पीडित परिवारलाई YCL नेपाल ले राहतको हात बढाएको छ। बेलकोटगढी नगरपालिका वडा नं. ७ स्थित महादेव फाँट मा बाढी पीडित नागरिकका लागि अस्थायी बासस्थान निर्माणको काम तीव्र गतिमा भइरहेको छ।
YCL नेपालका कार्यकर्ताहरूको सक्रियतामा निर्माण भइरहेका टिनको छानो र जस्तापाताका संरचनाहरूले अहिले महादेव फाँटको फाँटलाई नयाँ आशाको गाउँमा परिणत गरेको छ। हरियाली पहाडको काखमा रातो छानो भएका घरहरूले पीडितलाई “अब हामी एक्ला छैनौँ” भन्ने सन्देश दिएको छ।
“मानवताको लागि हामी”
YCL नेपालका प्रतिनिधिले भन्नुभयो, “बाढीले सबै कुरा बगायो। तर मानिसको मनोबल बग्न दिनुहुन्न। पीडित परिवारलाई तत्काल टाउको छोप्ने ठाउँ र सुरक्षित बस्ने वातावरण दिने उद्देश्यले हामी यो अभियानमा जुटेका हौँ।”
निर्माण गरिएको अस्थायी आवासमा परिवार अनुसारको कोठा, हावा र उज्यालोको व्यवस्था मिलाइएको छ। स्थानीय युवाहरू पनि निर्माण कार्यमा हातेमालो गर्दैछन्।
YCL लगावप्रति “स्थानीयको अपार माया”
बाढीका कारण सबै सम्पत्ति गुमाएकी एक पीडित आमाले भन्नुभयो, “बर्खामा कहाँ बस्ने भन्ने चिन्ता थियो। YCL दाइहरूले घर बनाइदिएपछि अब केही दिन भए पनि निश्चिन्त भयौँ।”
बेलकोटगढी नगरपालिकाले पनि YCL नेपालको यो मानवीय कार्यको प्रशंसा गर्दै समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
भोटेकोशी बाढीले नुवाकोट, सिन्धुपाल्चोक रसुवामा ठूलो क्षति पुर्याएको थियो। त्यसपछि विभिन्न संघसंस्था राहतमा जुटे पनि YCL नेपालले गरेको यो अस्थायी आवास निर्माण कार्यलाई स्थानीयले “दिल छुने” काम भनेका छन्।
YCL नेपालले पीडितको स्थायी पुनर्वास नभएसम्म खाद्यान्न, लत्ताकपडा र स्वास्थ्य शिविर पनि सञ्चालन गर्ने जनाएको छ ।