logo
२०८३ आश्विन १६, शुक्रबार |
☰
📰
🔍
✕

दोहोरो अंकले घट्यो सेयर बजार, नेप्से २५८७ विन्दुमा

प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ आश्विन १६, शुक्रबार
दोहोरो अंकले घट्यो सेयर बजार, नेप्से २५८७ विन्दुमा

काठमाडौँ / साताको कारोबारको अन्तिम दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार बजार परिसूचक ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा रोकिएको छ।

आज बजार ०.४५ प्रतिशतले घट्दा कारोबार रकम भने ४ अर्ब रुपैयाँभन्दा बढी रहेको छ। कुल ३५६ धितोपत्रको ४३ हजार ६८५ कारोबारबाट १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर किनबेच भएको छ।

आज कुल ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १८१ रुपैयाँ बराबरको कारोबार भएको छ। म्युचुअल फन्ड र व्यापारबाहेक सबै उपसमूहमा गिरावट आएको छ। उत्पादन तथा प्रशोधन उपसमूह सबैभन्दा धेरै ०.७३ प्रतिशतले घटेको छ।

आज एनएमबी डिबेन्चरको मूल्य सर्वाधिक १४.२९ प्रतिशत बढेको छ भने एसबीएल डिबेन्चर ८.८० प्रतिशतले बढेको छ। यता सिन्धु विकास बैंकको मूल्य सर्वाधिक ८.५५ प्रतिशत घटेको छ।