logo
२०८३ आश्विन १६, शुक्रबार |
☰
📰
🔍
✕

राष्ट्रियसभामा विभिन्न मन्त्रालयका प्रश्नोत्तर र वार्षिक प्रतिवेदन पेस

प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ आश्विन १६, शुक्रबार
राष्ट्रियसभामा विभिन्न मन्त्रालयका प्रश्नोत्तर र वार्षिक प्रतिवेदन पेस

काठमाडौँ / राष्ट्रियसभाको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर पेस गरिएको छ।

बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित प्रश्नका उत्तर गृहमन्त्री सुधन गुरुङले सभासमक्ष टेबल गर्नुभयो। उहाँले अर्थ मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तरसमेत पेस गर्नुभयो।

यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३, निर्वाचन आयोग नेपालको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा मुस्लिम आयोग नेपालको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुभयो।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन’ समेत सभासमक्ष पेस गर्नुभयो।