logo
२०८३ आश्विन १६, शुक्रबार |
☰
📰
🔍
✕

कृष्ण भुसाललाई ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान–२०८२’

प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ आश्विन १६, शुक्रबार
कृष्ण भुसाललाई ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान–२०८२’

काठमाडौं / मिलाप मासिकका सम्पादक तथा हिमालय टाइम्सका उपसम्पादक कृष्ण भुसाल ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान–२०८२’ बाट सम्मानित भएका छन्।

गीतकार सङ्घ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा भुसाललाई नेपाली गीत–सङ्गीत, साहित्य तथा स्रष्टासम्बन्धी विषयलाई पत्रकारितामार्फत प्रवर्द्धन गर्न पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।

लामो समयदेखि पत्रकारितामा सक्रिय भुसालले साहित्य, गीत–सङ्गीत, कला तथा सिर्जनात्मक क्षेत्रका गतिविधिलाई समाचार, अन्तर्वार्ता, समीक्षा तथा विभिन्न सामग्रीमार्फत आम पाठकमाझ पुर्‍याउँदै आएका छन्।

सम्मान ग्रहण गर्दै भुसालले आफूलाई सम्मानका लागि योग्य ठानेकोमा गीतकार सङ्घ नेपाल तथा निर्णायक समितिप्रति आभार व्यक्त गरे। उनले प्राप्त सम्मानले आगामी दिनमा अझ जिम्मेवार भएर नेपाली गीत–सङ्गीत, साहित्य र स्रष्टाका सिर्जनालाई उजागर गर्न थप प्रेरणा मिलेको बताए।

पत्रकारितासँगै साहित्यमा समेत सक्रिय भुसालका कविता विभिन्न सञ्चारमाध्यममा प्रकाशित हुँदै आएका छन्। उनले विभिन्न स्रष्टाका डेढ दर्जनभन्दा बढी पुस्तक सम्पादनमा समेत योगदान पुर्‍याएका छन्।

गीतकार सङ्घ नेपालको वार्षिकोत्सव समारोहमा नेपाली गीत–सङ्गीत तथा साहित्य क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न स्रष्टा, गीतकार तथा योगदानकर्तालाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।