logo
२०८३ मंसिर २, बुधबार |
☰
📰
🔍
✕

वर्तमान सरकारले जनताको समस्या समाधान गर्न सकेन : ओली

प्रभातफेरी अनलाइन१४ पटक पढिएको | मंसिर २, २०८३ | बुधबार
वर्तमान सरकारले जनताको समस्या समाधान गर्न सकेन : ओली

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जनताप्रति उत्तरदायी हुन नसकेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि देशको अवस्था उल्टो दिशातर्फ अघि बढेको टिप्पणी गरे ।

उनले सरकारसँग खर्बौँ रुपैयाँ सञ्चित भए पनि त्यसको सदुपयोग हुन नसकेको र पीडित नागरिक दुःखमा पिल्सिन बाध्य भएको बताए । शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था सुधार हुन नसकेको उल्लेख गर्दै ओलीले अस्पतालबाट बाहिर निकालिएपछि सडकमा नै शिशु जन्माउनुपर्ने अवस्था आएको भन्दै सरकारको आलोचना गरे ।

संसद् विघटनसम्बन्धी मुद्दामा अदालतसमेत मौन बसेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । राज्यका विभिन्न अङ्ग तथा निकायले आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्न नसकेको आरोप लगाउँदै ओलीले देशको अस्मिता, स्वाधीनता, स्वाभिमान र सम्मानको रक्षा गर्न जनता अघि बढ्नुपर्ने अवस्था आएको बताए ।

उनले जनतालाई झुक्याएर तथा जेनजी विद्रोहलाई बहाना बनाएर तालिमप्राप्त अपराधी परिचालन गरी देशमा वितण्डा मच्चाउने काम भएको समेत दाबी गरे ।