logo
२०८३ मंसिर ४, शुक्रबार |
☰
📰
🔍
✕

प्रधानमन्त्री शाहको भारत भ्रमणमा व्यापार, कनेक्टिभिटी र आपसी सम्बन्धलाई प्राथमिकता दिन पूर्वपरराष्ट्रमन्त्रीको सुझाव

प्रभातफेरी अनलाइन२४ पटक पढिएको | मंसिर ४, २०८३ | शुक्रबार
प्रधानमन्त्री शाहको भारत भ्रमणमा व्यापार, कनेक्टिभिटी र आपसी सम्बन्धलाई प्राथमिकता दिन पूर्वपरराष्ट्रमन्त्रीको सुझाव

काठमाडौँ / पूर्वपरराष्ट्रमन्त्रीहरूले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण दुई देशबीचको आपसी सम्बन्ध, व्यापार र कनेक्टिभिटीका विषयमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्।

उनीहरूले नेपाल–भारतबीच लामो समयदेखि कायम जनस्तरको सम्बन्ध र आपसी विश्वासलाई थप मजबुत बनाउँदै दुवै देशको हित हुने सम्झौता गर्नुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी मङ्सिर ६ गते दुई दिने औपचारिक भ्रमणका लागि भारत जाँदै छन्।

यसै सन्दर्भमा पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालको मुख्य चासो व्यापार घाटा भएकाले भ्रमणका क्रममा यस विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताए।

उनले भारतसँगको व्यापार घाटा कम गर्ने उपाय खोज्नुका साथै नेपालबाट निर्यात हुन सक्ने वस्तु तथा सेवाका लागि बजार पहुँच र निर्यात सहजीकरणमा जोड दिनुपर्ने धारणा राखे।