logo
२०८३ मंसिर ४, शुक्रबार |
☰
📰
🔍
✕

राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा, पुस्तान्तरण र रूपान्तरणमा जोड

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | मंसिर ४, २०८३ | शुक्रबार
राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा, पुस्तान्तरण र रूपान्तरणमा जोड

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले राप्रपामा पुस्तान्तरण र रूपान्तरण आवश्यक रहेको बताउनुभयो।

पार्टीमा तीन पुस्ताको प्रतिनिधित्व रहेको उल्लेख गर्दै शाहीले सबै पुस्ताको साथ र सहयोग आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले युवा पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्नेमा जोड दिँदै समयअनुसार नेतृत्व परिवर्तन हुन नसके पार्टी नाममा मात्रै सीमित हुन सक्ने बताउनुभयो।

‘राप्रपामा पुस्तान्तरण हुन सकेन । हामीले पुस्तान्तरण गर्न सकेनौँ भने जनतामा जाँदा एमाले, नेकपा र कांग्रेसका नेताको घरमा गएर एक–दुई सिट माग्नुपर्ने अवस्था आउन सक्छ,’ उहाँले भन्नुभयो।