logo
२०८३ मंसिर ७, सोमबार |
☰
📰
🔍
✕

प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी मोदीद्वारा पाँच महत्वपूर्ण परियोजनाको संयुक्त शिलान्यास

प्रभातफेरी अनलाइन० पाठक संख्या | मंसिर ७, २०८३ | सोमबार
प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी मोदीद्वारा पाँच महत्वपूर्ण परियोजनाको संयुक्त शिलान्यास

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपालमा सञ्चालन हुने पाँचवटा महत्वपूर्ण परियोजनाको शिलान्यास गर्नुभएको छ।

आज नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले भर्चुअल माध्यममार्फत उक्त परियोजनाहरूको संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो।

शिलान्यास गरिएका परियोजनाहरूमा दार्चुला र धार्चुला जोड्ने महाकाली नदीमाथिको पुल, बनबासामा एकीकृत जाँच चौकी (आईसीपी), मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण, झापामा ग्रीनफिल्ड अल स्टोरेज टर्मिनल तथा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना रहेका छन्।

प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री मोदीको नेतृत्वमा सम्पन्न नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय उच्चस्तरीय द्विपक्षीय बैठकपछि यी परियोजनाहरूको शिलान्यास गरिएको हो।