logo
२०८३ मंसिर १०, बिहिबार |
☰
📰
🔍
✕

१० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित नयाँ ऊर्जा मिश्रण नीति बनाउँदै सरकार

प्रभातफेरी अनलाइन२५ पटक पढिएको | मंसिर १०, २०८३ | बिहिबार
१० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित नयाँ ऊर्जा मिश्रण नीति बनाउँदै सरकार

काठमाडौँ / सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई आधार बनाएर नयाँ ऊर्जा मिश्रण (Energy Mix) नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत्, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतको हिस्सा निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन थालेको हो ।

नयाँ ऊर्जा मिश्रण नीति तयार भएपछि लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (PPA) प्रक्रिया पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ । हाल नेपालको कुल विद्युत् उत्पादन क्षमता करिब ४ हजार २०० मेगावाट रहेको छ भने १६ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना पीपीएको प्रतीक्षामा छन् ।

नयाँ नीतिले ऊर्जा उत्पादनमा विविधीकरण, हिउँदमा विद्युत् आपूर्ति सन्तुलन, निजी क्षेत्रको लगानी विस्तार तथा विद्युत् निर्यातलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।