प्रभातफेरी अनलाइन१७ पटक पढिएको | मंसिर १०, २०८३ | बिहिबार
काठमाडाैं / भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल भोलि मंसिर ११ गते मधेस प्रदेशका धनुषा, सिरहा र सप्तरी जिल्ला भ्रमणमा जाने भएकी छन् ।
भ्रमणका क्रममा मन्त्री रावलले तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नापी तथा भूमि प्रशासन कार्यालयका पदाधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, भूमिहीन, सुकुम्बासी तथा दलित समुदायका बस्तीमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्नेछिन् । विशेषगरी मुसहर बस्तीमा पुगेर जग्गा, आवासलगायत स्थानीयले भोग्दै आएका समस्याबारे जानकारी लिने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा मन्त्रालयबाट भएका काम, समस्या समाधानका प्रयास, आगामी योजना तथा नागरिकका गुनासो सम्बोधन गर्ने उपायबारे समेत छलफल गरिने जनाइएको छ ।