logo
२०८३ मंसिर १०, बिहिबार |
☰
📰
🔍
✕

विद्यालय तहको पाठ्यक्रममा कृत्रिम बौद्धिकता, सूचना प्रविधि र सीपमूलक शिक्षालाई प्राथमिकता दिइने

प्रभातफेरी अनलाइन२८ पटक पढिएको | मंसिर १०, २०८३ | बिहिबार
विद्यालय तहको पाठ्यक्रममा कृत्रिम बौद्धिकता, सूचना प्रविधि र सीपमूलक शिक्षालाई प्राथमिकता दिइने

काठमाडौँ / विद्यालय तहको पाठ्यक्रममा सीपमा आधारित शिक्षा, कृत्रिम बौद्धिकता, सूचना प्रविधि र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिइने भएको छ ।

पाठ्यक्रम परिमार्जनका क्रममा ‘झोलाविहीन दिन’ र ‘पुस्तकविहीन शुक्रबार’ जस्ता अभ्यास, नैतिक शिक्षा, खेलकुद विज्ञान, स्वास्थ्य, जलवायु परिवर्तन तथा डिजिटल साक्षरतालाई समेत समेट्ने तयारी गरिएको छ ।

पाठ्यक्रम विकास केन्द्रका अनुसार पाठ्यक्रम प्रारूप परिमार्जनका लागि गठित कार्यदलले विभिन्न माध्यमबाट हालसम्म करिब एक लाख ५० हजार सुझाव सङ्कलन गरेको छ ।

प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मको पाठ्यक्रम परिमार्जन गरी व्यावहारिक, रोजगारीमूलक र प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिइने जनाइएको छ ।