प्रभातफेरी अनलाइन१७ पटक पढिएको | मंसिर १०, २०८३ | बिहिबार
झापा / झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा मंसिर १५ गतेदेखि धान खरिद प्रक्रिया सुरु हुने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत यस वर्ष झापाबाट १२ हजार क्विन्टल धान खरिद गरिनेछ । जसमा सोना मन्सुली आठ हजार क्विन्टल र रञ्जित मन्सुली चार हजार क्विन्टल खरिद गर्ने लक्ष्य राखिएको छ ।
दुवै जातको धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ निर्धारण गरिएको छ । धान खरिद कम्पनीको बिर्तामोडस्थित कार्यालयमार्फत गरिनेछ ।