प्रभातफेरी अनलाइन१३ पटक पढिएको | मंसिर १०, २०८३ | बिहिबार
काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रु सेवालाई सहज, सुरक्षित र आरामदायी बनाउने उद्देश्यले विशेष ट्रली सेवा सुरु गरिएको छ।
आन्तरिक प्रस्थान तथा आगमन क्षेत्रमा उपलब्ध यस सेवाबाट विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती महिला, शारीरिक रूपमा असहज अवस्था भएका तथा धेरै वा गह्रौँ सामान बोकेका यात्रु लाभान्वित हुने विमानस्थलले जनाएको छ।
ट्रली सेवाका नाममा कसैले रकम मागेमा वा अन्य सेवासम्बन्धी गुनासो तथा समस्या भएमा यात्रुहरूले आन्तरिक टर्मिनलका ड्युटी अफिसरको नम्बर ०१-४११३२९९ मा सम्पर्क गर्न सक्नेछन्।
यात्रुहरूको आवश्यकता, सुझाव र उपलब्ध स्थानका आधारमा उक्त सेवालाई थप व्यवस्थित गर्दै विस्तार गरिने विमानस्थलले जनाएको छ।